लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०६ मार्च,२०१०,एकीकृत माओवादीका नेता कृष्णबहादुर महराले वर्तमान सरकार छिट्टै ढल्ने भविष्यवाणी गर्नु भएको छ । प्राप्त समाचार अनुसार क्रान्तिकारी पत्रकार संघ, दाङले आज शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा माओवादीका विदेश विभाग प्रमुख समेत रहेका महराले सत्तारुढ दलहरु नै सरकार ढाल्न सक्रिय रहेकाले सरकार परिवर्तन हुने सम्भावना बढेको बताउनुभयो ।
राष्ट्रिय सरकार गठन गरेर मात्र नयाँ संविधान जारी हुने उहाँको भनाई थियो । उहाँले सत्तारुढ दलका प्रमुख नेताहरु पनि यसकै तयारीमा जुटेको बताउनुभयो । निर्धारित समयमा नै संविधान बन्न नदिने षड्यन्त्रमा अन्तर्राष्ट्रिय शक्तिहरु लागेको महराको भनाई थियो ।

No comments:
Post a Comment