लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसिएचआर)को प्रतिवेदनमाथि केही कदम नचालेकामा अमेरिकाले सरकारको आलोचना गरेको छ । अमेरिकी विदेश मन्त्रालयले बिहीबार वाषिर्क राष्ट्रगत मानवअधिकार प्रतिवेदनहरू सार्वजनिक गर्दै सरकारको आलोचना गरेको हो ।सन् २००३ मा माओवादीसम्बद्ध रहेको आशंकामा काठमाडौंको महाराजगञ्ज ब्यारेकमा थुनिएका ४९ जना बेपत्ता बन्दीबारे र अन्य घटनाबारे ओएचसिएचआरको प्रतिवेदनमाथि केही कदम नचालिएकोमा अमेरिकाले सरकारको आलोचना गरेको हो । दसवर्षे माओवादी युद्धका बेला बेपत्ता पारिएकाको अवस्था अज्ञात नै रहेको पनि प्रतिवेदनमा उल्लेख छ । प्रेसमाथिको आक्रमण, दण्डहीनताको अन्त्य नहुनु, मुलुकभर सञ्चारकर्मीमाथिको आक्रमणलगायतका कार्य जारी रहेकाले नेपालमा मानवअधिकारको स्थिति नाजुक बनेको प्रतिवेदनमा औाल्याइएको छ । यसैगरी, माओवादीले गैह्रप्रजातान्त्रिक क्रियाकलापहरुलाई जारी राखेको, माओवादी कार्यकर्ता स्वेच्छाचारी भएको, अपहरणमा संलग्न रहेको, माओवादीले गैरकानुनी तबरले कब्जा जग्गा र सम्पत्ति फिर्ता नगरेको प्रतिवेदनमा उल्लेख छ । यसैबीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपालस्थित अमेरिकी दूताबासका कार्यवाहक राजदूत डोनाल्ड क्याम्पबीच शुक्रबार भेट भएको छ । भेटमा प्रचण्डले माओवादीलाई आतंककारी सूचीबाट हटाउन आग्रह गरेका थिए ।
No comments:
Post a Comment