News

Mar 12, 2010

आठ थारु संगठनले सहमति पालन नगरेको भन्दै आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन २९, आठ थारु संगठनले एक वर्ष अघि सरकारले गरेको सहमति पालन नगरेको भन्दै आन्दोलन सुरु गरेको छ। आज उनीहरुले तराईका सबै जिल्लामा मसाल जुलस गर्ने जनाएका छन् भने भोली तराई बन्दको आह्वान समेत गरेका छन्। संविधान निर्माणमा भइरहेका ढिलाइ र संविधानसभाको म्याद थप्ने तयारी भएको भन्दै त्यसको विरोधमा आज तराईका सम्पूर्ण जिल्लामा मसाल जुलुस गरिन लागेको थारु कल्याणकारी सभाका महाचिव राजकुमार लेखीले जनाएका छन्। उनका अनुसार सरकारले गतवर्ष चैत १ गते थारू कल्याणकारिणी सभा लगायतका संस्थाहरूसँग ६ बुँदे सहमति गरेको थियो। सहमति कार्यान्वयन गर्नुको सट्टा सरकार सहमति तुहाउने काममा लागेको आरोप लगाउँदै उनीहरु आन्दोलनमा उत्रेका हुन्। हिजो काठमाडौंको समिट होटलमा सरकार र थारू समुदायका प्रतिनिधिहरूकाबीच वार्ता भएको थियो। वार्तामा सरकार गम्भिर रूपमा प्रस्तुत नभएको आरोप उनले लगाए। थारू लगायतका तराईका आदिवासी, दलित, मुस्लिम तथा अल्पसंख्यकहरूले तराईमा बहुप्रदेशको माग गरिरहेका छन्। ‘हामीले चैत १ गते आइतबारका लागि आव्हान गरेको तराई बन्द तथा आम हडताललाई झनै कडा पार्ने निर्णय गरेका छौं,' लेखीले भने।

No comments: