News

Mar 4, 2010

पदकविजेता खेलाडीलाई शुक्रबार नगरपरिक्रमा गराउँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय खेलकुद परिषद्ले एघारौँ दक्षिण एसियाली खेलकुद (साग) का पदकविजेता खेलाडीलाई शुक्रबार नगरपरिक्रमा गराउँदै सम्मानित गर्ने भएको छ । नगरपरिक्रमा परिषद्बाट सुरु हुँदै सहिदगेट, न्युरोड, इन्द्रचोक, असन, रत्नपार्क, रानीपोखरी, बागबजार, पुतलीसडक, सिंहदरबार, माइतीघर, थापाथली, हिमालयन होटल -कुपण्डोल) र त्यसपछि पुनः थापाथली हुँदै परिषद्मा आएर सम्पन्न हुनेछ । परिषद्का सदस्य-सचिव हरिबाबु चौधरीले दिएको जानकारी अनुसार र्‍यालीको अग्रभागमा ब्यानर, त्यसपछि नेपाली सेनाको ब्यान्ड हुनेछ । सेनाको ब्यान्ड टोलीपछि स्वर्णविजेतालाई ३ वटा बग्गीमा राखिनेछ । अगाडिको बग्गीमा कीर्तिमान स्वर्णधारी तेक्वान्दोका दीपक विष्ट हुनेछन् । त्यसपछि अन्य पदकविजेता खेलाडी हुनेछन् ।

No comments: