लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १ - सरकारले सुनको आयातमा भन्सार मूल्यवृद्धि गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रति दश ग्राम सुन आयातमा ४ सय ७० रुपैयाँ भन्सार महसुल निर्धारण गरेको छ ।
यसअघि १ सय ३० रुपैयाँ प्रति दश ग्राम सुन आयातको भन्सार लाग्दै आएको थियो । सुनको बजार मूल्य भारतको बराबर बनाउन भन्सार वृद्धि गरिएको हो । भन्सार वृद्धिसंगै सुनको थप मूल्यवृद्धि हुनेछ । भारतले सुनमा नेपालको भन्दा धेरै भन्सार लगाएका कारण नेपालबाट भारततर्फको सुनको तस्करी हुँदै आएको छ । सुनको तस्करीले नेपालको मौद्रिक क्रियाकलापमा नकारात्मक प्रभाव पारेकाले भन्सार महसुल वद्धि गरिएको सूचना तथा संचरमन्त्री शंकर पोखरेलले बताए ।
त्यस्तै,बैठकमा संयुक्त राष्ट्रसंघका उपमहासचिव वी लिन पास्कोले नेपाल भ्रमणका क्रममा दिएको अभिव्यक्तिका विषयमा छलफल भएको थियो । पास्कोको अभिव्यक्तिलाई सरकारले गम्भीरता पूर्वक लिएको सरकारका प्रवक्ता समेत रहेका पोखरेलले बताए । 'सरकारले अनमिनसंग कुनै गोप्य दस्तावेज मागेको होइन,'सरकारको धारणा स्पष्ट पार्दै उनले भने-'माओवादी लडाकुको भरणपोषणका लागि लडाकुको परिचयपत्र सहितको विवरण मागिएको हो ।' सरकारले कुटनीतिक मर्यादा र सीमा भित्र रहेर अभिव्यक्ति दिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
माओवादीले अविश्वास प्रस्ताव ल्याउने चर्चा भइरहेको विषयमा पनि बैठकमा छलफल भएको थियो । बैठको निष्कर्ष सुनाउँदै पोखरेलले अविश्वास प्रस्ताव ल्याएर देखाउन माओवादीलाई चुनौति दिए ।

No comments:
Post a Comment