News

Mar 14, 2010

एलिट कप- नेपाल र मलेसियाबीचको सेमिफाइनल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुसन भारी श्रेष्ठले नेपालका लागि पाचौं विकेट लिएका छन्। यसअघि विवेक चौधरीले व्यक्तिगत तेस्रो विकेट लिएपछि नेपालले मलेसियालाई दवावमा राख्दै आएको थियो। मलेसियाले पाँच विकेट गुमाएर खेलिरहेको छ। २६.४ ओभरमा मलेसियाले ५ विकेट क्षतीमा ८१ रन बनाएको छ। नेपालका लागि निश्चल पाण्डेले पहिलो विकेट लिएका थिए। एक सय ६३ रनको लक्ष्य लिएर मलेसिया अहिले व्याटिङमा छ। यसअघि, एक बल बाँकी रहदै अल आउट भएर नेपाली टिमले १ सय ६२ रन जोडेको थियो। सेमिफाइनल जित्न मलेसियाले निर्धारित ४० ओभरमा १ सय ६३ रन ल्याउनुपर्ने छ। नेपालका लागि सबैभन्दा बढी दीपेन्द्र चन्दले ४३ बनाए। सरद खड्काले २३ रन बनाए भने सनम श्रेष्ठले २४ रन बनाएका छन्। नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। अघिल्ला तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेका उपकप्तान निश्चल पाण्डेले आज व्याटिङमा खासै योगदान दिन सकेनन्।

No comments: