News

Mar 5, 2010

२५ लाख घुस लिँदालिँदैको दुई कर अधिकृतलाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०५ मार्च, २०१०,राजस्व अनुसन्धान विभागले शुक्रबार २५ लाख रुपियाँ घुस लिँदालिँदैको अवस्थामा दुई कर अधिकृतलाई पक्राउ गरेको छ। विभागको एक अनुसन्धान टोलीले आन्तरिक राजस्व कार्यालय बबरमहलमा कार्यरत अधिकृतद्वय देवेन्द्र काफ्ले र घनश्याम उपाध्यायलाई पक्राउ गरेको हो। अधिकृतद्वय एसआर इन्टरप्राइजेजसँग ४० लाख रुपियाँ घुस मागेकोमा अन्ततः २५ लाख रुपियाँमा कुरा मिलेपछि घुस लिन लाग्दा पक्राउमा परेका हुन्। घुस लिएको भिडियोसमेत खिचिएको छ। उनीहरूलाई हाल अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा राखिएको छ। यस विषयमा सर्म्पर्क गर्दा अनुसन्धान विभागका महानिर्देशक महेश दाहाल तथा आन्तरिक राजस्वका महानिर्देशक शान्तराज श्रेष्ठले आफूहरू एक कार्यक्रममा व्यस्त भएकाले पक्राउ परेको जानकारी पाए पनि विस्तृत जानकारी नभएको बताउनुभयो

No comments: