लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/पूर्ण बस्नेत,
फागुन १९- ठूला परियोजना सुरु गर्ने हङकङ सरकारको घोषणाले निर्माण क्षेत्रमा काम गर्ने नेपालीमा खुसी छाएको छ। निर्माण कामदार युनियन सम्बद्ध व्यक्तिहरूका अनुसार ठूला परियोजनामा स्थायी काम र राम्रो तलब आकर्षणले बेलायत गएका कतिपय नेपालीसमेत हङकङ फर्कने तयारीमा छन्। नेपाली निर्माण कामदार युनियनका अध्यक्ष तुलाजङ्ग गुरुङ भन्छन्- धेरै काम खुल्न लागेकाले नेपाली कामदारलाई दक्ष बनाउन शीपमूलक तालिम सञ्चालन गर्दैछौँ।नयाँ बजेटमा अर्बौँ डलर लगानी हुने दश वटा ठूला परियोजना सुरु गर्ने सरकारको घोषणाले निर्माण कम्पनी र कामदारमा उत्साह जागेको हो। अर्थमन्त्री जोन चाङले १२ फागुनमा दिएको बजेट वक्तव्यमा हङकङ–मकाउ–जुहाइ पुल, सेन्ट्रल–वानचाई वाइपास तथा हङकङ–गोन्झाओ तीब्र गतिमा चल्ने रेल सेवा यसै आर्थिक वर्ष र अन्य केही ठूला परियोजना आगामी वर्षबाट सुरु गर्ने घोषणा गरेका छन्।
No comments:
Post a Comment