लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३ मार्च,२०१०,जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्याको विरोधमा नेपाल पत्रकार महासंघले आज देशव्यापी रुपमा विरोध प्रदर्सन गर्ने भएको छ । महासंघले सरकारले सञ्चारकर्मी, सञ्चारगृह, सञ्चार उद्यमी र र्सवसाधारणको सुरक्षाको ग्यारेन्टी गर्न नसकेकोमा सरकारप्रति खेद प्रकट गर्दै आज देशभरका सम्पूर्ण जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने कार्यक्रम तय गरेको छ । महासंघको मंगलबार बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले दिनदहाडै हत्यामा संलग्न पक्राउ गर्न नसक्नु सरकारी सुरक्षा संयन्त्र अत्यन्त कमजोर देखिएको निष्कर्षनिकालेको छ । धर्नामा बसेका पत्रकारहरुले उठाएका माग र समस्याप्रति गृहमन्त्री रावल गम्भीर नदेखिएपछि ज्ञापनपत्र मन्त्रीको कार्यकक्षको प्रवेशद्वारमा इंटाले च्यापेर आएको धर्नामा सहभागी पत्रकारहरुले बताएका छन् । सिंहानियाको हत्याको विरोधमा महासंघको आह्वानमा पत्रकारहरुले गृह मन्त्रालयमा धर्ना समेत दिएका थिए ।

No comments:
Post a Comment