News

Mar 1, 2010

अंग प्रत्यारोपणका लागि आनीको एक करोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १८,मानव अंग प्रत्यारोपणका लागि महत्वपूर्ण एचएलए (ह्युमन ल्युकोसाइटिस एन्टिजिन) प्रयोगशाला स्थापनाका लागि गायिका आनी छोइङ डोल्माले आफ्नो जीवनी पुस्तक र एल्बम बेचेर कमाएको १ करोड भन्दा बढी रकम दिने भएकी छिन्। डोल्माको जीवनी सम्बन्धी पुस्तक आठ भाषामा अनुवाद भएर संसारभर बिक्री भइरहेको छ। यो ल्याबको अभावमा अंग प्रत्यारोपणका पूर्व गर्नुपर्ने एचएलए परीक्षण टिस्यु टाइपिङ्गका लागि भारत पठाउनु पर्ने बाध्यता छ। यसका लागि कम्तिमा २ हप्ता समय र ५५ हजार पैसा लाग्छ। ल्याब स्थापना पछि यो काम १२ घन्टाभित्र २५ हजार रूपैयाँम एचएलए क्रसम्याच परीक्षण संभव हुन्छ। ल्याब स्थापनासँगै नेपालमै ब्रेन डेथभएकाहरू अंग झिकेर जीवित व्याक्तिमा प्रत्यारोपण गर्न सकिनेछ। अहिलेको अवस्थ्थामा ब्रेन डेथ व्यक्तिको घोषणा भएको २४ घण्टाभित्र अंग झिकिसक्नुपर्छ। 'भारतबाट रिपोर्ट आउन २ साता लाग्ने, ब्रेनडेथ भएको २४ घन्टामा एचएलए टेस्ट गरेर अंग झिकिसक्नु भर्ने भएकोले सकिएको थिएन्।' वीर अस्पतालका प्रत्यारोपण विशेषज्ञ डा.पुकार चन्द्र श्रेष्ठले भने। एचएलए ल्याब अंग मिल्छकी मिल्दैन भन्ने (क्रसम्याच) र प्रत्यारोपणपछि शरीरमा औषधीको मात्रा कति छ भन्ने नाप्न चाहिन्छ।

No comments: