News

Mar 1, 2010

गोदावरी रिसोर्टमा ठूला नेताहरुको जमघट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०२ मार्च,२०१०काठमाडौं– नयाँ संविधान निर्माण र शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।बैठक गोदावरी भिलेज रिसोर्टमा बस्ने भएको छ । बैठकका लागि काँग्रेस र एमालेका तर्फबाट ६ वटा र माओवादीका तर्फबाट ७ वटा एजेण्डा तय गरिएका छन् । काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा रहेको संयन्त्रको आजको बैठकमा राजनीतिक गतिरोध अन्त्यलाई पहिलो प्राथमिकतामा राखेर सोमबार तय गरिएका ६ वटा एजेण्डामा छलफल हुने बताइएको छ । संयन्त्रमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष झलनाथ खनाल सदस्य रहेका छन् ।

No comments: