News

Mar 1, 2010

सीताराम याचुरी अचानक नेपालमा आए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १७ भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता सीताराम याचुरी नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न आइतबार अचानक नेपाल आएका छन्। उनले हिजै प्रधान मन्त्री माधब कुमार नेपालसँग र आजै विहान राष्ट्रपति डा. रामबरण यादवलाई भेटेका छन्। राष्ट्रपति निवासमा भएको भेटघाटमा नेपालको शान्ति प्रक्रिया, संविधान लेखन र अहिलेको राजनीतिक अवस्थाबारे छलफल भएको छ। उनले आजै विहान होटेल र्‍याडिसनमा एनेकपा माओवादीका अन्तर्राष्ट्रिय विभाग प्रमुख कृष्णबहादुर महरासँग भेट गरेका थिए। 'विशेषगरी पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न आउनुभएको रहेछ,' महराले भने,'हामीसँग पनि विहान यही विषयामा छलफल भएको छ।' पटनमा भारतीय परर्राष्ट्र मन्त्रालयले आयोजना गरेको सम्मेलनमा माओवादीको समेत सहभागिता रहेको अवस्थामा उनको भ्रमणलाई अर्थपूर्ण मानिएको छ।सात दल र माओवादीबीच सहकार्य गराउने तथा नेपालको शान्ति प्रक्रियामा याचुरीले महत्पूर्ण भूमिका खेलेका थिए। उनी तीन दिने भ्रमणका लागि यहाँ आएका हुन्।

No comments: