News

Mar 1, 2010

अर्का सञ्चार उद्यमीको हत्यापछि शोकमग्न बन्यो जनकपुर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०२ मार्च,२०१०,सञ्चार उद्यमी जमिम शाहको हत्या भएको एक महिना नबित्दै फेरि अर्का सञ्चार उद्यमी तथा व्यवसायी अरुण सिंहानियाको सोमबार बेलुका अज्ञात समूहले गोली हानी हत्या गरेको छ । सञ्चार उद्यमी सिंहानियाको हत्यापछि जनकपुर शोकमग्न बन्न पुगेको छ । होलीको उल्लासमा रमेका बेलामा सोमबार बेलुका साँढे ६ बजेतिर जनकपुर टुडे प्रकाशन समूहका अध्यक्ष सिंहानियालाई भानु चोक र शिव चोकको बीचमा रहेको ह्यापी होम निकट अज्ञात समूहले नजिकैबाट गोली प्रहार गरेको थियो ।निधारमा गोली लागेका ५० बर्षीय सिंहानियाको तत्कालै मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै प्राप्त समाचारमा जनाइएको छ । हत्या गरिएका सिहानियाका एक छोरा र एक छोरी छन् । घटनाको जनकपुर उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघले निन्दा गरेको छ ।

No comments: