लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँदिल्ली/ भारतमा स्वाइनफ्लु रोगबाट संक्रमित हुनेको संख्या १२ सय नाघेको छ । बुधबार राति मात्र थप दसजनामा स्वाइनफ्लुको संक्रमण देखिएको छ । स्वाइनफ्लुको संक्रमण सबैभन्दा बढी पुणे सहरमा देखिएको छ । पुणेमा कम्तीमा ६१ मानिसमा स्वाइनफ्लुको संक्रमण देखिएको छ । गुजरातमा २७ जनामा स्वाइनफ्लु संक्रमण देखापरेको छ । पछिल्लो तथ्यांकका अनुसार अहमदावादमा थप पाँच, सुरुतमा चार र नवसारीमा एकजनालाई स्वाइनफ्लुको संक्रमण देखिएको छ । बुधबार मात्र थप एक सय २५ जनालाई स्वाइनफ्लुको संक्रमण देखिएको छ । यससँगै भारतमा स्वाइनफ्लुबाट संक्रमित हुनेको संख्या १२ सय तीन पुगेको छ । विदेशबाट र्फकेका भारतीयहरूमा बढी स्वाइनफ्लुको संक्रमण देखिएको बताइएको छ ।स्वाइनफ्लु-आतंकका कारण भारतको आर्थिक राजधानी मुम्बईका स्कुल, कलेज र सिनेमाघरहरू अस्थायी रूपमा बन्द गरिएका छन् । स्कुल र कलेज एक साताका लागि बन्द गरिएका हुन् भने सिनेमा घर तीन दिनका लागि बन्द गरिएका हुन् ।भारतमा स्वाइनफ्लुबाट १९ जनाको मृत्यु भइसकेको छ । मर्नेहरूमध्ये ११ जना त महाराष्ट्र प्रान्तका छन् । महाराष्ट्रका मुख्यमन्त्री अशोक चौहाणले टेलिभिजन सम्बोधनमामार्फत स्कुल, कलेज तथा सिनेमा हल स्वाइनफ्लुको संक्रमण रोकथाम गर्न बन्द गरेको बताए ।'आत्तिनुपर्ने कारण छैन । जनताका चाहनाअनुसार हामीले सात दिनका लागि स्कुल-कलेज बन्द गर्ने निर्णय गरेका छौँ,' उनले भने । शुक्रबार रिलिज हुने सिनेमाको मिति पनि पर सारिएको छ ।
स्वाइनफ्लुको संक्रमण सर्वप्रथम अपि्रलमा देखापरेको थियो । अहिलेसम्म स्वाइनफ्लु ७४ देशमा देखापरिसकेको छ । अहिलेसम्म विश्वभर ३० हजारभन्दा मानिस स्वाइनफ्लुबाट संक्रमित भइसकेका छन् । विश्वभर यस संक्रमणबाट एक सय ४१ को मृत्यु भइसकेको छ ।

No comments:
Post a Comment