News

Nov 8, 2009

विदेशमा रहेका स्रष्टालाई देवकोटा शताब्दी सम्मान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक २१ , महाकवि देवकोटा शताब्दी महोत्सवले विदेशमा रहेर नेपाली भाषासाहित्यको क्षेत्रमा कार्यरत छजना नेपाली साहित्यकारलाई 'महाकवि देवकोटा शताब्दी सम्मान' प्रदान गर्ने निर्णय गरेको छ। नेपालीभाषाको अन्तर्राष्ट्रिय विस्तारका निम्ति आफू पुगेका मुलुकहरूमा उल्लेखनीय योगदान पुर्‍याएवापत उनीहरुलाई सो सम्मान प्रदान गरिने महोत्सव आयोजक समितिले जनाएको छ। 'महाकवि देवकोटा शताब्दी सम्मान'बाट सम्मानित हुने स्रष्टाहरुमा कृष्ण बजगाई (बेल्जियम), कृष्णप्रकाश श्रेष्ठ (रुस), दुबसु छेत्री (जापान), पशन तमू (हङकङ), भारती गौतम (अमेरिका) र होमनाथ सुवेदी (अमेरिका) छन्। आगामी चैत १६ गतेदेखि २० गतेसम्म राजधानी काठमाडौंमा हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा उनीहरूलाई सो सम्मान प्रदान गर्ने समितिले जनाएको छ। महोत्सवका अध्यक्ष मोदनाथ प्रश्रितको अध्यक्षतामा बसेको बैठकले पुरस्कृत गर्ने निर्णय गरेको हो।

No comments: