लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २४ - आदिवासी जनजाति समुदायले नयाँ बन्ने संविधानमा आधिबासी जनजातिका अधिकार सुनिश्चित गर्न फेरी एक पटक आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघले १७ औं विश्व आदिवासी दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजना गरेको समारोहका बक्ता आधिकारसी अधिकारकर्मी तथा राजनीतिकर्मीले नयाँ संविधानले पनि आधिकारबासीका अधिकार सुनिश्चत नगरिए त्यसपछिको स्थिति भयभाह हुने चेतावनीसमेत दिए । कार्यक्रममा सभामुख सुवास नेम्वाङले भने नयाँ संविधानमा आदिवासीका अधिकार सुनिश्चित हुने दावी गरेका छन् । देश अब संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी, धर्मनिपेक्षताबाट पछाडि फर्कन सक्दैन’, नेम्वाङले भने, ‘संविधान सभाले संविधान बनाउनै पर्छ र त्यसका निम्ति दलहरू एकजुट हुनुको विकल्प छैन । संविधान सभाले ऐतिहासिक घोषणालाई संस्थागत गर्नेछ । हामी त्यसलाई शून्य हुन दिंदैनौं । त्यसमा आदिवासी अधिकार सुनिश्चत हुनेछ ।नेम्वाङले शान्ति, संविधान, अधिकारका मुद्दा र राज्यले अनुमोदन गरिसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महासन्धि–१६९ को कार्यन्वयनका निम्ति दवाव दिन सक्नुपर्नेमा जोड दिए ।
आदिवासी जनजातिले पहिचान आन्दोलनमा निरन्तर तीन दशकभन्दा बढी समयमा संलग्न नेतृ बमकुमारी बुढामगरलाई कार्यक्रममा सम्मान गरिएको थियो । महासंघका अध्यक्ष राजकुमार लेखी थारुले आदिवासी जनजातिको आन्दोलन जातीय अतिवादका निम्ति नभएको बताए । ‘सदियौंदेखि राज्यबाट पछाडि पारिएका आदिवासी जनजातिको आन्दोलन अतिवादी, साम्प्रदायिक, विखण्डनकारी भन्नु पूर्वाग्रही सोच हो’, संविधानसभाले नै संघराज्यहरूको किटान गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘हामीले जाति, भाषा, संस्कृति, ऐतिहासिकताका आधारमा संघीय राज्य चाहेका हौं ।’
आदिवासी जनजाति सभासद् ककसका संयोजक पृथ्वीसुब्बा गुरुङले संघीय मुलुकको विकल्प नरहेको र त्यो जातीय पहिचानकै आधारमा नामाकरण हुनुपर्ने बताए । ‘शासकहरू पुरानो मानसिकताबाट मुक्त हुन सक्नु पर्छ’, उनले संविधानसभाको राज्य पुर्नसंरचना समितिले दिएको अवधारणमा सहमति जनाउँदै भने, ‘यो मुलुकमा संघीयता कुनै हिमाल, खोला, नदीले खोजेको होइन । त्यस भेगमा बसोबास गर्ने बहुसंख्यक मानिसले चाहेकाले तमुवान, मगरात, लिम्बुवान, थरुहट जस्ता संघराज्यको नामाकरण हुनैपर्छ ।’
दिवसका अवसरमा पहिचान गरिएका ५९ र अन्य सूचिउन्मुख आदिवासी जनजातिले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए । भृकुटीमण्डबाट सुरु भएको झाँकी सहिगेट, न्यूरोड, इन्द्रचोक, असन, रत्नपार्क हुँदै प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा टुंगिएको थियो । सभागृह परिसरमा आदिवासी जनजातिका मौलिक खाना महोत्सवको समेत आयोजना गरिएको थियो ।
No comments:
Post a Comment