News

Aug 16, 2011

गाईलाई करणी गरेको आरोपमा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काभ्रेको उग्रचण्डी नाला गाउँ विकास समिति–४ घर भएका १८ वर्षिय महेन्द्र कुसुले कपालीले सोहि गाविस- ३ निवासी सूर्यकुमार श्रेष्ठको गोठमा रहेको गाईलाई करणी गरेको आरोपमा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बनेपाका अनुसार गाईलाई डोरीले बाँधेर लडाएर जर्वजस्ती करणी गर्ने क्रममा महेन्द्रलाई पक्राउ गरिएको हो । रङ्गेहात पक्राउ परेका आधारमा, गाईलाई खुट्टा वाँधेर लडाउँदा भएको घाउ र अन्य प्रमाणका आधारमा महेन्द्रले करणी गरेको पुष्टि भएको हो । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक सन्तोष तामाङले जानकारी दिए ।

No comments: