News

Aug 12, 2011

पुरातात्त्विक हतियार विक्रीः सुडानभन्दा प्रकरणभन्दा खतरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २७ - नेपाली सेनाको संरक्षणमा रहेका ऐतिहासिक एवं पुरातात्त्विक हतियार विक्री प्रकरण सुडान घोटालाभन्दा खतरापूर्ण भएको सभासदहरुले बताएका छन् । हतियार विक्री प्रकरण छानबिनका लागि राज्य व्यवस्था समितिले बोलाएको बैठकमा सभासदहरुले इतिहास बिर्साउने हतियार विक्री गर्नेलाई छानबिन गरी कारबाहीको माग गरेका छन् । नेपालका प्रथम वैज्ञानिक गेहेन्द्र शमशेरले बनाएका बन्दुकसहित करिव ३५ करोड रुपैयाँमा ती हतियार विक्री गरिएको थियो । सभासद् राजबहादुर बुढाले पुरातात्त्विक हतियार विक्री प्रकरण सुडान घोटालाभन्दा खतरा भएको भन्दै घृणित कार्य गर्नेलाई कारबाही माग गरे । माओवादी सभासद् दीनानाथ शर्माले हतियार विक्रीले आफ्नो आत्मा रोएको उल्लेख गरे । 'यो अपराध गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्छ,' उनले भने । सभासद् वर्षमान पुनले पुरातात्त्विक हतियार विक्री राष्ट्रिय स्वाधिनता र स्वाभिमानकै विक्री भएको भएको भन्दै राष्ट्रघात गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए । सभासद् प्रदीप ज्ञवालीले हतियार बेचेको खबर पत्रिकामा पढेपछि आफू दुःखी भएको बताए । उनले भने, 'यो अक्षम्य गल्ती र एक प्रकारको ठूलै अपराध हो ।'

No comments: