News

Aug 18, 2011

माओवादी सहमतीय सरकारको नेतृत्व गर्न तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका नेता वर्षमान अनन्तले लडाकुको बर्गीकरण गरेर माओवादी सहमतीय सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन् । आज राजधानीमा भएको एक कार्यक्रममा उनले भदौ १४ अघि नै लडाकु वर्गीकरण गरेर सहमतिय सरकार निर्माण गर्न माओवादी तयार रहेको बताएका हुन् । समायोजनको मोडालिटी, संख्या, पुर्नस्थापना प्याकेज, उमेर, बैवाहिक अवस्था र शैक्षिक अवस्थामा लचकता अपनाउने र आठ हजारको हाराहारीमा समायोजना गर्ने भनि शीर्ष नेताहरुबीच अनौपचारिक रुपमा सहमति भइसकेको उनले बताए । पुनःस्थापना प्याकेज आर्कषक बनाए संख्याको विवाद समाधान हुने उनले दर्जा मिलानमा नेपाली सेना र माओवादी कमाण्डरहरु बसेर सहमति खोज्न सकिने विचार व्यक्त गरे ।

No comments: