News

Aug 17, 2011

सरकार बनाउन चलखेल सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ३२ - राष्ट्रपतिबाट उपलब्ध एक साताको समयभित्र सहमतीय सरकार बनाउन दलहरूले आन्तरिक र द्विपक्षीय वार्ता थालेका छन् । माओवादी र कांग्रेस सहमतीय सरकारको दाबी गर्दै आ–आफ्नै उम्मेदवार घोषणा गर्दै मैदानमा उत्रिएका छन् । एमाले, मधेसी मोर्चालगायत दलहरू सहमति जुटाउने र कसको नेतृत्वमा अघि बढ्ने भन्ने रणनीति तय गर्दैछन् । प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिएपछि राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार बनाउन आइतबारसम्मको समय दिएका छन् । त्यसमा पहल गर्न मंगलबार कांग्रेस र एमालेका नेताहरूबीच छलफल भयो । कांग्रेस सभापति सुशिल कोइरालाको निवास महाराजगंजमा कुराकानी गर्न एमाले महासचिव इश्वर पोखरेल र भिम रावल पुगेका थिए । एमाले नेताहरूले आफ्नो दलको उम्मेदवार नहुने जनाउँदै सहमतीय सरकारका पक्षमा अघि बढ्न कोइरालासँग आग्रह गरेका थिए ।

No comments: