लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक भागवण्डामा सरकारले उपकुलपतिहरु नियुक्त गरेको भन्दै कांग्रेस र माओवादी निकटका प्राध्यापकहरुले विश्वविद्यालयका कार्यालयहरुमा तालाबन्दी गरेका छन् । प्रधानमन्त्री झलनाथ खनालले कुलपतिको हैसियतमा हिजो साँझ सात वटा विश्वविद्यालयका उपकुलपतिको नियुक्ति गर्नुभएको थियो । कांग्रेस निकट प्रजातन्त्रबादी प्राध्यापक संघ र माओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संघले विश्वविद्यालयका कार्यालयहरुमा तालाबन्दी गरेका हुन् । नवनियुक्त उपकुलपतिहरुमा त्रिभुवन विश्वविद्यालयमा प्रा.डा. हीरा महर्जन, पूर्वाञ्चल विश्वविद्यालयमा प्रा. महेश्वरमान श्रेष्ठ, नेपाल संस्कृत विश्वविद्यालयमा प्रा. डा. शिवहरि मरहठ्ठा, पोखरा विश्वविद्यालयमा प्रा. खगेन्द्रप्रसाद भट्टराई, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा. डा. कैलाशनाथ प्याकुरेल, मध्य पश्चिमाञ्चल विश्वविद्यालयमा प्रा. डा. पदमलाल देवकोटा र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा डा. जयराज अवस्थी रहेका छन् । भागवण्डा अनुसार एमालेको भागमा त्रिभुवन विश्वविद्यालयसहित ४, माओवादीको भागमा २ र कांग्रेसलाई पोखरा विश्वविद्यालयको भाग परेको छ ।
No comments:
Post a Comment