लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीभित्रको चर्को अन्तरसंघर्षलाई केन्द्रिय समितिले टुंगो लगाएको केही समय पछि उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले फेरि छुट्टै भेला गरेका छन् । यसअघि तीन गुटमा विभाजित भएको माओवादीमा लामो छलफलपछि केन्द्रिय पटक पटक स्थगित हुँदै बसेको केन्द्रिय समिति बैठकले नेताहरुको कार्यविभाजन सहित टुंगो लगाएको थियो । केन्द्रिय समितिले यस्तो टुंगो लगाए पनि माओवादीभित्र गुट उपगुटको अन्त्य भने भएको देखिदैन । यस्तै अवस्थामा डडेलधुराको महाभारत जंगलमा सुदूरपश्चिमका बाबुराम पक्षधरहरुको हिजो गोप्य भेला सुरु गरेका हुन् । प्रधानमन्त्रीका लागि बाबुरामको नाम चलिरहेको बेला गरिएको यो गोप्य भेलालाई निक्कै महत्वका साथ हेरिएको छ । सो भेलामा सहभागी हुन बाबुराम पक्षधर पोलिटब्यूरो सदस्य देवेन्द्र पौडेल हिजै त्यहाँ पुगेका छन् । भेला डडेलधुराको रजोडा गाउँ नजिकै सुरु भएको हो । भेलामा डडेलधुरा, डोटी, बैतडी, बाजुरा, बझाङ, दार्चुला अछाम र कैलालीका माओवादी नेता कार्यकर्तासहित झण्डै डेढसय भन्दा बढी सहभागी रहेको जनाइएको छ । गोप्य भनिएको भेला पार्टीको लाइन बिपरीत भएको भन्दै संस्थापन पक्षीय नेता कार्यकर्ताहरुले भेला अबैधानिक भएको बताएका छन् ।
No comments:
Post a Comment