लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुई साताअघि अपहरणमा परेका पाल्पा सदरमुकाम तानसेन बारुदखानका १७ वर्षीय किशोर न्यौपानेको अवस्था अझै पत्ता लाग्न सकेको छैन । किशोरका बुबाले पत्रकार सम्मेलन गरी अपहरणमा परेको यतिका दिनसम्म पनि आफ्नो छोरो फेला नपरेकोले छोरालाई खोजेर ल्याइदिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने जानकारी दिएका छन् । किशोर गत साउन २२ गतेदेखि घरैबाट अपहरणमा परेका थिए । रामप्रसादले पटकपटक मानवअधिकारकर्मी, सञ्चारकर्मी र प्रहरीलाई आग्रह गरे पनि उनी कहाँ छन् भन्नेबारे अज्ञात नै छ । "अन्तिम पटक आठ दिनअघि अघिल्लो शुक्रबार साँझ ५ बजे अपहरणकारीसँग सम्पर्क भएको थियो, त्यसपछि कोही सम्पर्कमा आएका छैनन्", रामप्रसादले भने, "त्यही भएर आज यस्तो घोषणा गर्नुपर्यो । यसबाट छोराको अवस्था पत्ता लाग्छ कि भन्ने आशा लिएका छौँ ।" रामप्रसादले संवेदनशील अवस्था बुझेर फिर्ता वा सुराकी पत्ता लगाउने जोसुकैलाई पुरस्कार दिइने बताए ।
No comments:
Post a Comment