News

Aug 16, 2011

कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार देउवालाई बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ३१,संसदको दोस्रो ठूलो दल कांग्रेसले भावी सहमतीय सरकारको नेतृत्वका लागि प्रधानमन्त्रीको उम्मेदवार नेता शेरबहादुर देउवालाई बनाउने भएको छ । आफुलाई प्रधानमन्त्रीको उम्मेदवार नबनाए संसदीय दलका नेता रामचन्द्र पौडेलबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका देउवालाई मंगलबार बिहान बसेको पदाधिकारी बैठकले सहमतीय सरकारको नेतृत्व गर्न प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । 'हामीले सहमतीय सरकारको बिकल्प देखेका छैनौं । पार्टीका तर्फबाट अव बन्ने सरकारको नेतृत्वका लागि नेता देउवालाई अगाडी सार्ने निर्णय भएको छ' कांग्रेस नेता अर्जुननरसिंह केसीले भने ।

No comments: