News

Aug 15, 2011

राजीनामा दिनुको कारण खुलाउदै प्रधानमन्त्री खनालले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री झलनाथ खनालले व्यवस्थापिका संसद्को बैठकमा राजीनामा दिनुको कारण खुलाउदै ६ महिने कार्यकालको चिरफार गर्नुहुने भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीनिकट स्रोतका अनुसार खनाल अहिले सम्बोधन भाषणको तयारीमा लाग्नुभएको छ। ६ महिने कार्यकाललाई सफल देखाउने र शान्ति प्रक्रियालाई निर्णायक विन्दुमा पुर्‍याउन खेलेको भूमिकाबारे प्रकाश पार्नु हुनेछ। राजनीतिक विश्लेषकले भने उहांको कार्यकाललाई पूर्णत असफल भनी विष्लेषण गरेका छन्। आइतबार राति साढे आठ बजेतिर राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री खनालले राजीनामा बुझाइसक्नु भएको छ। प्रधानमन्त्रीले राजीनामा बुझाएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले राजीनामा दिनुभएको स्पष्ट पार्नुभयो। राजीनामा बुझाउनुअघि उहांले प्रधानमन्त्री निवास बालुवाटारमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसंग परामर्श गर्नुभएको थियो।

No comments: