News

Aug 19, 2011

दृष्टिविहिन खिरमाया मगरलाई वेलायती सैनिकहरुको सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कुनैवेला सुँगुरको खोर भन्दा पनि गएगुज्रेको ठाँउमा वस्न वाध्य दृष्टिविहिन खिरमाया मगर अहिले चिटिक्क परेको घरमा वस्न सफल भएका छन्। उनको यो सपना वेलायतमा कार्यरत गोर्खा सैनिकहरुको पहलमा सम्भव भएको हो। मगरलाई धनकुटा नगरपालिका वार्ड नं १ त्रिसुलेमा जग्गा खरीद गरि घर निर्माण गरिदिईएको छ। दृष्टिविहिन खिरमायाको कारुणिक अवस्थाको वारेमा वेलायतस्थित व्रिटिश फोर्सेस व्रोडकास्टिङ्ग सर्भिस (वीएफवीस) रेडियो वाट समाचार प्रशारण भएपछि उक्त खबरवाट प्रभावित भई खिरमायाको सहयोगका लागि उहाँहरु जुट्नुभएको हो। खिरमायाको सहयोगका लागि वेलायतवाट गोर्खा सैनिकहरुको तर्फवाट २ लाख २५ हजार रुपैया रकम जुटेको थियो। उक्त सहयोग रकम जुटाउनका लागि वेलायती सेनामा सेवारत विश्वास दीप तिगेला, उत्तम राई, दिलिप लिम्बु,सलबहादुर गुरुङ र सन्तोस मगर लगायतको हेल्पिङहेण्ड टिमको सक्रियतामा दुइसय ६६ दाताहरुबाट सहयोग प्राप्त भएको थियो। “समाचार सुनेपछि यति प्रभावित भईयो की केही नगरी मनमा सञ्च नै भएन” तिगेलाले भन्नुभयो। उहाँहरुको पहलमा वु्रनाई, अमेरिका र क्यानडामा रहनुभएका नेपालीहरुले समेत आआफ्नो गच्छेअनुसारको सहयोग गर्नुभएको थियो।
तीन छोराछोरीका साथ असहाय अवस्थामा रहनुभएका खिरमाया मगर स्थानिय समाजवासीहरुको पहलमा अत्यन्तै दयनीय अवस्थामा अर्काको जग्गामा सामान्य टीनले वारेको चुहिने अवस्थामा रहेकाले सल्लोको झाङ्गले ओत लगाईएको सानो कटेरोमा बस्न वाध्य भएका थिए। अहिले के खाऔ भरै के खाऔको स्थितीमा रहनुभएका मगरको अहिले भने वासको समस्या भने टरेको छ। शुरुमा उनको आँखाको उपचारको लागि उक्त सहयोग रकम जुटाईएपनि जलविन्दु भएको लामो समय भएको कारण आँखाको उपचार सम्भव नहुने चिकित्सकहरुको परीक्षणवाट पत्ता लागेको थियो। काठमाडौंमा ल्याइ उनको आँखाको उपचारका लागि २५ हजार रुपैया र नागरिकता बनाउन २० हजार रुपैया खर्च भई वाँकी रकमवाट उनलाई जग्गा खरीद गरि घर वनाईदिईएको हो। “हाम्रो प्रयास उनको आँखाको उपचारका लागि थियो तर उपचार नहुने चिकित्सकको परीक्षणवाट देखियो त्यसैले बाँकी पैसाले उनलाई घर र जग्गा खरीद गर्न हौसिएका हौ” वेलायती गोर्खा सैनिक राईले यस प्रतिनिधीलाई वताउनुभयो।
“म अत्यन्तै खुशी छु यतिको खुशी त आँखाको ज्योती फर्के जस्तै नै लागेको छ।" खिरमायाले नयाँ आफ्नो लागि वनेको घर प्रवेशको क्रममा भन्नुभयो। उक्त नयाँ घरको दाताहरुका तर्फवाट वेलायती गोर्खा सैनिक विश्वास दीप तिगेलाले रिवन काटेर नवनिर्मित घरको उद्घाटन गर्नुभएको थियो। “हाम्रो थोपाथोपा सहयोगको सदुपयोग मात्र होईन यसले अरु हामीलाई नेपालको सेवा गर्नलाई हौसाएको पनि छ” तिगेलाले भन्नुभयो।
वास्तवमा उक्त सहयोगले के प्रमाणित गर्छ भने रोजगारीको सिलसिलामा नेपाली मन नेपाली ज्यान जहाँ भएपनि संसारको जुनसुकै कुनामा भएपनि मातृभूमिको सेवाका लागि सदा तत्पर हुन्छ भन्ने उदाहरण त प्रस्तुत भएको छ नै यसका अतिरिक्त एउटा नेपालीलाई दुख्दा सारा नेपालीलाई दुख्छ भन्ने अर्को उदाहरण पनि प्रस्तुत भएको छ। स्मरण रहोस, खिरमायालाई सहयोगको निम्ति उत्तम राईको उपस्थितीमा गंगाहाँङ लिम्बुको संयोजकत्वमा ५ सदसिय स्थानिय सहयोग समिति समेत गठन भएको छ र उक्त उद्घाट्न कार्यक्रम पनि सोहि समितिले ब्यवस्थापन गरेको थियो भने उद्घाटन समारोहलाई विएफविएस गोर्खा रेडियो नेपाल, ब्रुनाई र वेलायतले प्रत्येक्ष प्रसारण गरेको थियो।
वीएफवीस सवाददाता नगेन्द्र राईले आकर्षक ढंगले सहि समाचार सम्प्रेषण गरेकै कारण खिरमायाले सहयोग पाएकी हुनाले पत्रकार राई र सहयोगदाताका तर्फबाट तिगेलालाई स्थानिय सहयोग समितिले धन्यवादपत्र प्रदान गरेको थियो। सहयोगको बारेमा विस्तृत जानकारी http://nepaliliterature.com मा राखिएकोले सर्वसाधारण सबैले हेर्न सकिने जनाइएको छ।

No comments: