News

Aug 12, 2011

टेलिटकको एम ५३५० फोन बजारमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २६ - टेलिटकले दुई सिम भएको एम ५३५० मोडलको नयाँ मोबाइल सेट भित्र्याएको छ । इच्छाअनुसार फन्ट फेर्न मिल्ने सेटलाई मोडेमका रूपमा प्रयोग गरी इन्टरनेट चलाउन समेत मिल्ने बिक्रेताले जनाएको छ । एकैचोटि शून्य थिचेर एफएम रेडियो सुन्न मिल्ने, डाटा ट्रास्फर, म्युजिक, तस्बिर, भिडियोलगायत सजिलै साटासाट गर्न सकिन्छ । ८ जिबी एक्स्पान्डेबल मेमोरी भएको फोनको बजार मूल्य ३ हजार ६ सय ९५ रुपैयाँ छ । सेटको खरिदमा २ जिबी मेमोरी कार्ड सित्तैमा पाइन्छ । त्यसैगरी कम्पनीले हेन्ड सेटमा १ वर्ष, ब्याट्री र चार्जमा ६० महिनाको वारेन्टीसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

No comments: