News

Aug 15, 2011

चुम्लुङ कोरिया कम्बाङ्को नेतृत्वमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देबेन्द्र सम्बाहाम्फे
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको सातौ साधारण सभाले नन्द काम्बाङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ |आईतवार सउल सदेमुन स्थित एम टि यु सभाकक्षमा भएको सो सभाले उपाद्यक्षमा प्रकाश लिङ्देन, सचिब मिक्सेन कुरुम्बाङ, कोषाधक्ष दिलकुमार लकसम ,सह सचिब बचन फ्याक र सदस्यहरु अर्जुन लिङ्थेप, राम यक्पाङ्देन, गंगा साम्सोहाङ, खगेन्द्र फ्याक रहने गरी नयाँ नेतृत्व चयन गरेको हो | कार्यक्रम दुई चरणमा बिभाजन गरिएको थियो |उद्घघाटन समारोहका प्रमुख अतिथी रहेका आदिबासी जनजाती माहासंघका अध्यक्ष चङकुमार गुरुङले -लेखिन लागिएको संबिधानमा आदिबासी जनजातिहरुको हक अधिकार सुरक्षित गरिनु पर्ने धारणा राख्दै यसका निम्ती सबै आदिबासी जनजातिहरु एक हुनुपर्ने बताए |समितिका सल्लाहकार नरेन्द्र चेम्जोङको स्वागत मन्तब्य र सचिब गंगा कनदङ्वाको संचालनमा भएको पहिलो चरणको कार्यक्रममा निबर्तमान अध्यक्ष याम सेर्माले प्रस्तुत गरेको संगाठानिक प्रतिबेदनलाई हलले सर्बसम्मत पारित गरेको थियो |नबनिर्बाचित कार्य समितिलाई नेपाली संपर्क समितिका अध्यक्ष डेवीड राइ, थकाली सेवा समितिका भरत शेरचनन, वोमेन्स फर वोमेन्सकि जुनू गुरुङ, सोलु संपर्क समितिका अध्यक्ष उत्तम गुरुङ र बुध्दजीबिबाट शिव भट्टराईले पूर्ण र सफल कार्यकालको लागि शुभ कामना दिएका थिए |

No comments: