News

Aug 19, 2011

सहमतीय सरकार निर्माणका लागि प्रतिवद्धता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाँच बुँदे सहमति कार्यान्वयन संसदीय अनुगमन समितिले तीन दलका शीर्ष नेताहरुलाई संसदमा वोलाएर शुक्रबार छलफल गरेको छ । छलफलमा प्रमुख तीन दलका शीर्ष नेताहरुले सहमतीय सरकार निर्माणका लागि प्रतिवद्धता व्यक्त गरेका छन् । अनुगमन समितिले वोलाएको वैठकमा उनीहरुले राष्ट्रिय सहमतिको सरकारका लागि आफूहरुले इमानदार पूर्वक प्रयास गर्ने बताएका हुन् । समितिको छलफलमा तीनै दलका नेताहरुले सहमतीय सरकारका लागि अधिकतम प्रयास गर्ने र प्राप्त अवसर गुम्न नदिने बताएका थिए । वैठकमा सभामुख सुवास नेम्वाङले पाँच बुँदे सहमति मध्ये संविधानसभाको म्याद थप र प्रधानमन्त्रीको राजीनामा दुई वटा मात्र बुँदा कार्यान्वयन भएको बताउनुभयो । उहाँले संविधानको मस्यौदा, शान्ति प्रक्रिया, राष्ट्रिय सहमतिको सरकार, सेनामा मधेशीको सहभागिता लगायतका महत्वपूर्ण विषयहरु कार्यान्वयन हुन बाँकी रहेकाले नेताहरुको त्यसतर्फ ध्यानाकर्षण गराउनुभएको थियो ।

No comments: