News

Aug 11, 2011

जुवातास खेल्न महिला समूहमा निवेदन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोरहवा (बर्दिया),श्रावण २६,जुवातास खेल्न पाउँ भन्दै पुरुषहरूले महिला समूहमा निवेदन दिएको सुन्दा अचम्म लाग्न सक्छ । तर, सोरहवा-४ र ५ मा जुवातास निषेधित क्षेत्र घोषणा भएपछि पुरुषहरू फुकुवाको आग्रह गर्दै महिला समूहमा जान थालेका छन् । हालसम्म दर्जन निवेदन परिसकेको समूहले जनाएको छ । यहाँ जुवातास तिहारका समयमा पाँच दिन मात्र खुला गरिन्छ । त्यो बेला निवेदन दर्ता गराउने पुरुष झन् बढी हुन्छन् । स्वीकृत पाएपछि निश्चित ठाउँ र समयभित्र जुवातास खेल्ने गरेको जुटेलहा समूहका सहजकर्ता कृष्णा खत्रीले बताइन् । मदिरा सेवन र जुवातासजस्ता विकृतिले महिला हिंसा बढेको भन्दै गाउँमा समूह गठन भएका थिए ।

No comments: