News

Aug 14, 2011

२८ जनाभन्दा बढी उच्च अधिकारी सरुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २९ - प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिने घोषणा गरिसकेका बेला भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले मन्त्रालय मातहतका २८ जनाभन्दा बढी उच्च अधिकारी सरुवा गरेका छन् । राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री खनालले मार्गप्रशस्त गर्न लागिरहेका बेला रायमाझीले हतार-हतारमा महत्त्वपूर्ण विभाग, सडक डिभिजन कार्यालय र आयोजनाहरूमा ठूलो मात्रामा हेरफेर गरेका हुन् । दुई वर्ष एक ठाउँमा राख्ने प्रशासनिक व्यवस्थाविपरीत सहसचिवस्तरका १४ जना र डिभिजनल इन्जिनियर १४ जना बढी सरुवा गरेका छन् । सबभन्दा बढी बजेट भएको सडक विभागका महानिर्देशक हरिओम श्रीवास्तवलाई मन्त्रालय निर्माण महाशाखामा सरुवा गरिएको छ । उनलाई छ महिनामै सरुवा गरिएको हो । महानिर्देशकमा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित आयोजना निर्देशनालयका प्रमुख इन्दु शर्मा ढकाललाई बढुवा गरिएको छ । ढकाललाई सडकमा उनीभन्दा वरिष्ठ दुई सहसचिव वास्तव र दिनकर शर्मालाई अन्यत्र सरुवा गरी महानिर्देशक बनाइएको हो ।
हुलाकी सडक आयोजना प्रमुख गुरुप्रसाद ढकाललाई एडीबी आयोजना र सडक सुधार आयोजना प्रमुख हरिकृष्ण भगतलाई हुलाकी सडकमा, दिगो सहरी यातायात विकास आयोजना प्रमुख सुदर्शन भण्डारीलाई सडक सुधार आयोजना र सडक विभागका उपमहानिर्देशक दिनकर शर्मालाई दिगो सहरी यातायात विकास आयोजना प्रमुखमा सरुवा गरिएको छ । सम्पत्ति व्यवस्थापन इकाईका प्रमुख विष्णुओम वादेलाई सडक विभागको उपमहानिर्देशकमा, जलमार्ग आयोजनाकी प्रमुख प्रमिला बज्राचार्यलाई सडक विभागको सम्पत्ति व्यवस्थापन इकाई प्रमुखमा सरुवा गरिएको छ । भवन तथा सहरी विकास विभागका उपमहानिर्देशक रमेश सिंहलाई जगेडा (भवन विभागको पुल दरबन्दी) मा सरुवा गरिएको छ । बाहिरी चक्रपथ आयोजना प्रमुख सुनील कर्णलाई भवनको उपमहानिर्देशकमा, भवन विभागको पुल दरबन्दीमा रहेका गंगा गेलाललाई भवन निर्माण सम्भार डिभिजनमा सरुवा गरिएको छ । डिभिजनका प्रमुख सुरजराज कणिर्कारलाई बाहिरी चक्रपथ आयोजना प्रमुख बनाइएको छ । सरुवा भएका डिभिजनल इन्जिनियरहरूमा ललितपुर सडक डिभिजनका बलराम मिश्रलाई मध्यपहाडी लोकमार्ग आयोजना (पूर्वी खण्ड) प्रमुखमा सरुवा गरिएको छ । मध्यपहाडी लोकमार्ग पूर्वी खण्डका यसअघिका प्रमुख दिनेश बस्नेतलाई सडक विभागमा काजमा सरुवा गरिएको छ ।
तामाकोसी मन्थली सडक आयोजनाका प्रमुख केशव शर्मालाई ललितपुर सडक डिभिजनमा, विभागका सत्येन्द्र शाक्यलाई भरतपुरमा, बुटवल डिभिजनका दिनेश भट्टराईलाई तामाकोसी-मन्थली सडक आयोजनामा, भरतपुर डिभिजनका अशोक तिवारीलाई तनहुँ डिभिजन प्रमुखमा, बुटवल डिभिजनका कृष्ण भण्डारीलाई मध्यपहाडी आयोजनामा सरुवा गरिएको छ । तनहुँ डिभिजनका शालिकग्राम रेग्मीलाई कञ्चनपुरमा, हुलाकी सडकका रामहरि पोखरेललाई दमक डिभिजनमा, पाल्पा डिभिजनका बुद्धि गुरुङलाई विभागमा, दमक डिभिजनका हरि पोखरेललाई नुवाकोट डिभिजनमा, खोड्पे-बझाङ सडक आयोजनाका दीपक अर्याललाई पाल्पा डिभिजन प्रमुखमा, कञ्चनपुर डिभिजनका अर्जुन थापालाई विभागमा र कणाली कोरिडोरका देवकुमार तामाङलाई मध्यपहाडी लोकमार्ग आयोजनामा सरुवा गरिएको छ ।

No comments: