News

Aug 13, 2011

प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजीनामा नदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २८ - प्रमुख सत्तारुढ दलको आग्रहमा प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजीनामा नदिने भएका छन् । शान्ति प्रक्रियामा ठोस प्रगति हुन नसके साउन २८ गते (शनिबार)सम्ममा राजीनामा दिने प्रधानमन्त्रीले डेढ साताअघि घोषणा गरेका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्तारुढ पाँच दलको बैठकले मुलुकलाई अनिश्चिततामा छाड्न नमिल्ने भन्दै राजीनामा नदिन सुझाव दिएका छन् । 'शान्ति र संविधानका लागि हामीले यो सरकारलाई समर्थन गरेका हौं,' सदभावना आनन्दिदेवीकी नेतृ सरिता गिरीले भनिन्, 'राष्ट्रिय सहमति नभएसम्म प्रधानमन्त्रीले राजीनामा दिन नहुने हाम्रो सुझाव थियो ।'तर प्रधानमन्त्रीकै दल एमालेमा माधवकुमार नेपाल र केपी शर्मा ओलीको समूह, कांग्रेस र माओवादीमा उपाध्यक्षमा बाबुराम भट्टराई समूह घोषणाअनुसार राजीनामा दिनुपर्ने अडानमा छन् । बिहान बसेको तीन दलको बैठकमा उनीहरुले राजीनामा गर्न सुझाव दिएका थिए ।

No comments: