News

Aug 13, 2011

अनुराधा कोइराला कोरियाको मान्हे पुरस्कारबाट सम्मानित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मानव बेचबिखनका विरुद्ध काम गर्दै आएकी समाजसेवी अनुराधा कोइराला कोरियाको प्रख्यात एक अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन् । यसअघि सिएनएन हिरो भएकी उनी अहिले कोरियाको प्रख्यात अन्तराष्ट्रिय मान्हे पुरस्कारबाट सम्मानित भएकी हुन् । दक्षिण कोरियाको राजधानी सिउलमा शुक्रबार आयोजित विशेष समारोहमा कोइरालालाई सो पुरस्कार प्रदान गरिएको हो । मानव बेखबिखनको क्षेत्रमा काम गर्दै आएको संस्था माइती नेपालका संस्थापक अध्यक्ष कोइरालालाई हिंसाविरुद्ध उदाहरणीय योगदान पुर्‍याएको भन्दै पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी पाँच करोड कोरियन वान रहेको छ । पुरस्कारसँगै स्वर्णपदक र सम्मानपत्र पनि प्रदान गरिएको छ । कोरियाली स्वतन्त्रता आन्दोलनका अगुवा तथा शान्तिका प्रवर्द्धक स्व मान्हे शासडको नाममा स्थापित मान्हे फाउन्डेशनले नेलसन मन्डेला, दलाइ लामालगायतका थुप्रै अन्तराष्ट्रिय व्यक्तित्वहरुलाई यो पुरस्कार प्रदान गरिसकेको छ ।

No comments: