News

Aug 16, 2011

सभासद्को पद खारेज गरेकोमा अदालतमा हाजिर हुन आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ३१ - सर्वोच्च अदालतले चुरे भावर राष्ट्रिय पार्टिका अध्यक्ष केशवप्रसाद मैनाली र संघिय लोकतान्त्रिक पार्टिका राजकुमार लिम्वुले हालेको रिटमा अन्तरिम आदेश दिने नदिने बारे छलफल गर्न अदालतमा हाजिर हुन आदेश दिएको छ । आफूहरुलाई संविधानसभाको सदस्य नरहने भनी गरिएको घोषणाको विरुद्ध उनीहरुले दायर गरेको रिटमा सभामुखलाई लिखित जावाफ दिन पनि आदेशमा भनिएको छ । न्यायाधीश प्रकाश वस्तीको एकल इजलाशले जारी गरेको आदेशमा छलफल गर्न दुवै पक्षलाई भदौ ५ गते अदालतमा आउन भनिएको हो ।

No comments: