News

Aug 17, 2011

कोरियामा माइती नेपालकी अध्यक्ष अनुराधा सम्मानित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देबेन्द्र सम्बाहाम्फे
१५ औं मान्हे पुरस्कार लिन दक्षिण कोरिया आएकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई यहाँ कार्यरत बिभिन्न संस्थाहरुले संयुक्तरुपमा आज सम्मान गरेका छन् | नेपाली राजदूताबासको सभाकक्षमा भएको सो समारोहमा बोल्दै कोइरालाले घरेलु कामदारको रुपमा भारत हुँदै साउदी अरबमा बेचिएका नेपाली महिलाहरुको स्थिती दर्दानक रहेको बताइन् | हाम्रै सीमानामा मुम्बई र कलकत्ताको संख्या बढीरहेको छ तर हाम्रा राजनेताहरु भने नामको अगाडि भू.पू लेखाउने होडमा लागिरहेका छन् भन्दै द्वन्द र राजनीतिक अस्थिरताका कारण बिदेशमा मात्र होइन स्वदेशमा पनि नेपाली महिलाहरुमाथि पाशबिक ब्यबहार भइरहेको, नेपाली डान्सबार क्याबिन तथा गेस्ट हाउसहरुले नाम अनुसारको काम नगरि अबैध यौन धन्दा संचालन गरिरहेकाले तुरुन्त बन्द गरिनु पर्ने र महिला बेचबिखन गर्नेलाई सर्वस्वहरण सहित जन्म कैदको कानुनि ब्यस्था हुनपर्ने बिचार ब्यक्त गरिन् | उनले उपस्थित जनसमुदायसंग प्रबासमा राजनीति नगर्न सुझाव दिदैं उच्च संयत्रबाटै अपराधीहरू संरक्षित हुने गरेको पनि खुलासा गरिन |
कार्यक्रममा कोरियामा कार्यरत महिलाहरुको संस्था "महिलाहरुका लागि महिला"की अध्यक्ष कोपिला राइले कोरिया मातृसतात्मक राष्ट्र भए पनि प्रवासि महिलाहरू शोषणमा रहेको उल्ले गर्दै कोरियन पुरुषसँग विवाह भएर यहाँ आएका ९८ प्रतिशत नेपाली महिलाहरुले कष्टकर जिबन भोगिरहेको बताउदै बुझेरमात्र यसप्रकारको विवाह गर्न सुझाब दिएकी थिइन् |
कार्यक्रममा बिशेष अतिथी दक्षिण कोरियाका लागि नेपाली राजदुत कमल कोइराला ,एसियन जर्नालिस्ट एसोसिएसनका संस्थापक ली साङ कि ,बर्तमान डारेक्टर ई लिन पत्रकार महसंघका पूर्व सभापति बिष्णु निष्ठुरी आदी बक्ताहरुले कोइरालाको योगदानको चर्चा गर्दै एसियाको नोबल पुरस्कार मानिने मान्हे पुरस्कारबाट सम्मानित भएकोमा बधाई तथा शुभकामना दिएका थिए | कार्यक्रम दुताबासका उपनियोग प्रमुख राजाराम बर्तौलाको स्वागत मन्तब्य र नेपाली संपर्क समितीका अध्यक्ष डेबिड राइको सभापतित्वमा भएको थियो |

No comments: