News

Aug 14, 2011

आठ रात दिनसम्म मनाई गाईजात्रा आइतबारबाट सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुरु, श्रावण २९ - आठ रात दिनसम्म मनाई गाईजात्रा आइतबारबाट सुरु हुँदैछ । भक्तपुका नेवार समुदाय गठेमंगलदेखि गाईजात्राको तयारीमा लागेका थिए । अन्य भन्दा फरक नाचका रूपमा लिइने घिन्ताङघिसी नाच्दै भक्तपुरवासीले गाईजात्रा पर्व मनाउँछन् । अन्य स्थानमा भन्दा भक्तपुरको गाईजात्राको रोचक पक्ष सबै मिलेर टोलटोलमा घिन्ताङघिसी नाच्नु हो । नाच हेर्न ललितपुर, काठमाडांै, बनेपा र साखुका सर्वसाधरणसमेत आउछन् । जात्रामा नाचन्का लागि भक्तपुरको विभिन्न स्थानम 'रिएलसन' गराएका थिए । नाच सिक्नेमा बढी बालकहरु बढी थिए । भक्तपुर १७ स्थित भार्बाचोमा डाफा भजनले जात्रामा नाच्नेलाई सिकाई रहेका थिए । त्यसमा सात बर्षको बालक देखि बुढापाका पनि सहभागि थिए ।
त्यस्तै मध्यपुरठिमी १७ लोकन्थलीमा पनि यस बर्ष देखि बालकहरुलाई नाच सिकाउन सुरु गरेको छ । घिन्ताङघिसी लगायत अन्य नाच नचाउन दुई सातादेखि अभ्यास गरेर गाईजात्राका दिन निकाल्ने गर्छन् । घिन्ताङघिसी नाच जोडीजोडी बनेर लाठी जुधाएर नाच्ने गरिन्छ । नगरका विभिन्न ठाउँबाट नाच निकालिन्छ । वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईलाई वा गाई नभए मानिसलाई गाईको रूपमा सिंगारी आ-आपmनो क्षेत्रमा परिक्रमा गराउछन । एक वर्षभित्र मरेका आफन्तको दिवंगत आत्माले मोक्ष प्राप्त गरून् भनी प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिनदेखि आठ दिनसम्म मनाइन्छ । गाईजात्राका दिन बिहान सबेरै भक्तपुर तलेजुस्थानबाट भक्तपुरका नगरवासीले कुखुरा नबास्दै तलेजुको ताहामचा बनाई देश परिक्रमा गर्ने प्रचलन छ । त्यसपछि सर्वसाधारण मान्छेको मृत्यु भएकाहरूको मृतात्माहरूको प्रतीक ताहामचा बनाई देश परिक्रममा गर्ने गरिन्छ । गाईजात्राका दिन वर्ष दिनभित्र मरेकामध्ये मृत्युसंस्कार गर्न नपर्ने अथवा उमेर नपुगेका बालबालिकाको साँचा बनाई देश परिक्रमा गर्छन । ताहामचालाई मृतकको घरको मूलढोका अगाडि पुरोहितले किरियापुत्रद्वारा पूजा संकल्प गराई विधिबमोजिम पूजा गरी मृतकको आत्मा सजिलैसित स्वर्गलोकमा पुगोस् भन्ने कामना गरेर देश परिक्रम गर्ने गरिन्छ । मृतक आफन्तको फोटोसहित तामचा अगाडि लगाएर पछिपछि घिन्ताङघिसी नाचले नगर परिक्रमा गरिन्छ ।

No comments: