News

Aug 13, 2011

कोरियामा एक नेपालीको मृत्‍यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देबेन्द्र सम्बाहाम्फे
बैदेशिक रोजगारको लागि नौ बर्षअघि दक्षिण कोरिया आएका गोरखा थालाजुङका ४९ बर्षीय लोकबहादुर गुरुङको मेसिन दुर्घटनामा परी मृत्‍यु भएको छ | खावन्दो क्षेत्रको एक बंगुर फर्ममा काम गर्दै आएका गुरुङको दाहिने हात मेसिनबाट काटिएकाले अत्याधिक रक्तस्राबका कारण अस्पताल लैजाने क्रममा बीच बाटोमा गत अगस्ट ५ मा मृत्‍यु भएको थियो |दुताबासका उपनियोग प्रमुख राजाराम बर्तौलाले मृतक गुरूङको परिवारसंग सम्पर्क भइसकेको जनाउदै खावन्दोकै छिलवन अस्पातलमा राखिएको शब नेपाल पठाउने र आवश्यक क्षतिपुर्ती दिलाउने बारे नेपाली दुताबासले पहल गरिरहेको पनि बताए |गुरुङ बिगत लामो समयदेखि अबैधानिक कामदारको रूपमा
कार्यरत थिए |

No comments: