News

Aug 17, 2011

चीनले नेपाललाई १ अर्ब ६७ करोड बराबरको सहयोग गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनले नेपाललाई १ अर्ब ६७ करोड बराबरको सहयोग गर्ने भएको छ । नेपाल र चीन सरकारबीच आज सो अनुदान सहयोगको द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल भ्रमणमा रहेको चिनियाँ टोलिका नेता झाउ योङकाङको नेतृत्वमा रहेको टोलि र प्रधानमन्त्री खनालबीच आज सो सम्झौतामा हस्ताक्षर भएको हो । भेटमा टोलिले नेपालको शान्ति प्रक्रिया, संविधान लेखन र द्विपक्षिय हितका विषयमा पनि कुरा भएको थियो । भेटमा प्रधानमन्त्री झलनाथ खनालले दलहरुबीच सहमतिमा शान्ति प्रक्रिया चाडै टुंगो लाग्ने बताउँदै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका छन् । चीन सरकारले सन् २०११ को फेबु्रअरीमा नेपाल सरकारलाई पाँच करोड युआन बराबरको अनुदान सहयोग वृद्धि गरेको थियो। यसैबीच चीनको आयात निर्यात ब्याङ्क (एक्जिम ब्याङ्क) ले काठमाडौँ २२० केभी प्रसारण लाइन र माथिल्लो त्रिशूली ३ ए जलविद्युत् परियोजनाको १३२ केभी बे एक्सटेन्सन परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई रु एक अर्ब ७० करोड ३० लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ। माथिल्लो त्रिशूली ३ए जलविद्युत् परियोजनाबाट ६० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। यो परियोजना चीनको एक्जिम बैंकको तर्फबाट चीन सरकारमार्फत उपलब्ध हुने ऋण सहयोगमा निर्माण हुनेछ।

No comments: