News

Aug 15, 2011

राष्ट्रपतिद्वारा सहमतिको सरकार बनाउन एक साताको म्याद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ३० - राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दलहरुलाई एक साताको म्याद दिएका छन् । प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पदबाट आइतबार राजीनामा दिएपछि राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया थालनी गरेका हुन् । अन्तरिम संविधान २०६३ अनुसार राष्ट्रपतिले पहिले राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुलाई भाद्र ४ गते साँझ ५ बजे सम्मको समय दिएका छन् । अन्तरिम संविधानको धारा ६३ को उपधारा १ अनुसार राष्ट्रपतिले दलहरुलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि समय दिएका छन् । राष्ट्रिय सहमतिको सरकार गठन हुन नसके संविधानको धारा ६३ को उपधारा २ अनुसार बहुमतीय सरकारका लागि संसदमा निर्वाचन हुनेछ ।

No comments: