News

Aug 16, 2011

भट्टराईको नेतृत्वमा सहमतीय सरकार बनाउने माओवादी निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ३१,भावी सरकार निर्माणका विषयमा रणनीति तय गर्न मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार बनाउने निर्णय गरेको छ । यसका लागि मंगलबारबाटै पहल थालिने भएको छ । प्रधानमन्त्री झलनाथ खनालले आइतवार राजीनामा दिएपछि पहिलो पटक पार्टी कार्यालय पेरिस डाडामा बसेको बैठकले राष्ट्रपतिले तोकेको समयसीमा भित्रै सहमतिका लागि वार्ता गरी टुंगो लगाउने निष्कर्ष निकालेएको सचिव सिपी गजुरेलले जानकारी दिए । उनले सहमतीय सरकार निर्माणका लागि वार्ता अगाढि बढाउने निर्णय बैठकले गरेको बताए । यस्तै बैठकले माओवादीको लिम्बुवान राज्य समितिमा राम कार्कीलाई इन्चार्ज बनाउने निर्णय गरेको छ । कोचिला राज्य समितिको सचिवमा भने सावित्रीकुमार काफ्लेलाई नियुक्त गरेको सचिव गजुरेलले बताए । पार्टीले सरकारको नेतृत्वमा भट्टराईलाई पठाउने यसअघि नै निर्णय गरिसकेको थियो । माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार निर्माण हुनुपर्ने भन्दै आएको छ भने कांग्रेसले मंगलबार बिहान मात्र सहमतीय सरकारको प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवालाई अघि सारेको छ । यसैबीच, नगरिक समूहका चरन प्रसाईलगायतले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । भेटमा दाहालले सत्ता भन्दा शान्ति र संविधानलाई आफूले महत्व दिएको बताए । उनले राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्ने बताएको प्रसाईले जानकारी दिए ।

No comments: