News

Aug 18, 2011

भट्टराई नेतृत्व स्वीकार्न माओवादी प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १,माओवादीले पार्टीका प्रधानमन्त्री उम्मेद्वार बाबुराम भट्टराईलाई समर्थन गर्न एमाले समक्ष प्रस्ताव गरेको छ। केही समयअघि सिंहदरबारमा एमालेसँग भएको बैठकमा माओवादीले यस्तो प्रस्ताव राखेको हो। माओवादी प्रस्तावप्रति एमालेले सर्त अघि सारेको छ। शान्ति प्रक्रियामा ठोस प्रगति नभएसम्म माओवादी नेतृत्वको राष्ट्रिय सहमति सरकार निर्माणमा सहयोग गर्न नसकिने एमालेले स्पष्ट पारेको छ। माओवादीले विगतमा गरेका सम्झौता पालना नभएको भन्दै शान्त प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन विश्वासको वातावरण बनाउन एमाले नेताहरुले आग्रह गरेका थिए। भट्टराईको पक्षमा समर्थन जुटाउन लबिङ तीव्र पारेको माओवादीले एमालेबाट सकारात्मक जवाफ नपाएपछि शान्ति प्रक्रिया बारेको आफ्नो अवधारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

No comments: