News

Aug 13, 2011

गाँजा तस्करी र प्रहरीबीच गोलि हानाहान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिरहामा गाँजा तस्करी र प्रहरीबीच गोलि हानाहान भएको छ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलामा गएराति प्रहरी र गाँजा तस्करीबीच गोलि हानाहान भएको हो । सप्तरीबाट पूर्व पश्चिम राजमार्ग हुदै लहानतर्फ पाँच जनाको संख्यामा गाजा बोकी आइरहेको समूहले गस्तीमा गइरहेको लहानस्थित सशस्त्र बेस क्याम्पको सशस्त्र प्रहरी टोलीलाई देखेपछि गोली प्रहार गरेको थियो । गस्ती टोलिले जवाफी फायरियङ गरेपछि तस्करहरु गाँजा फ्याकेर भागेका थिए । सशस्त्र प्रहरीले उनीहरुबाट ५० केजी गाजा बरामद गरेको छ ।

No comments: