News

Aug 18, 2011

लिरामोको अन्तरक्रिया कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ अगष्ट २०११ सोमवार वेलुका नेपालवाट आउनु भएका लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष श्री श्रीजवेगुको विषेश उपस्थितीमा लिम्वुवान राष्ट्रिय मोर्चाको आयोजनामा लिम्वुवान स्वायत्त राज्य सुनिश्चित नभएमा हाम्रो रणनिती के हुने ? भन्ने शिर्षकमा एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता दिल पालुङवावाट गरिएको थियो भने सञ्चालन सचिव सुरेश सुव्वा, स्वागत मन्तव्यका कोषाध्यक्ष मदन कन्दङवावाट गरिएको थियो । लिरामोको तर्फवाट महासचिव अविचन्द्र र्इङनामले आधिकारिक धारणा राख्नुभएको थियो । उहाको अनुसार संविधान सभाले लिम्वुवानको सुनिश्चित नगरेमा सवै लिम्वुवानवादीहरु तथा संघीयवादीहरु एक भै जुनसुकै तरिकाले भएपनि लड्नुपर्नेवताउनुभयो । त्यस्तै श्रीजवेगुले पनि र्सवप्रथम लिम्वुवान चाहनेहरु एक हुनुपर्ने । त्यो नभए कार्यगत एकता गरेर अघि वढ्नुपर्ने र पूर्वपश्चिम सवै मिलेर जानुपर्ने वताउनुभयो । वुद्धिजिवी भूपेन्द्र चेम्जोङले पनिआदिवासीजनजातिहरु एक भै नलडीनहुने वताउनुभयो ।लिम्वुवान स्वायत्तराज्यभए अरु पनिराज्य वन्छन् भन्ने विचार राख्दै सवै आदिवासी जनजातिहरु यसप्रति संवेदनशिलभएर लाग्नुपर्ने वताउनुभयो । अन्य सहभागीहरुमा चुम्लुङ अध्यक्ष कृष्ण लावती, मानवहादुर थोप्रा, जे.वी. ओख्रावु,ध्रुव लिम्वु,मदन कन्दङवाआदि रहेका थिए । वोल्ने क्रममा सवैले आदिवासी जनजाति, दलितहरु एकभै लड्नुनै अपरिहार्यता हो भनेर निष्कर्ष निकालेको थियो । यसै समारोह विचमा लिरामोले नेकपामाओवादी पार्टीलाई लिम्वुवान स्वायत्त राज्य सम्वन्धमा श्रीजवेगु मार्फत सुझाव पत्र प्रदान गरिएको थियो ।

No comments: