लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २९ - आफ्नै पार्टीका शीर्ष नेताहरुको दबाब र शान्ति प्रक्रियामा माओवादी 'असहयोग' भएपछि अन्ततः प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिने घोषणा गरेका छन् । पूर्वघोषणा अनुसार प्रधानमन्त्रीले दुई दिन ढिला गरी राजीनामा दिने भएका हुन् । पार्टी मुख्यालय बल्खुमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री खनालले राजीनामा दिने घोषणा गरेका हुन् । 'प्रधानमन्त्रीले केन्द्रीय कमिटीमै राजीनामा दिने घोषणा गर्नुभएको छ,' बैठकपछि एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सञ्चारकर्मीसित भने, 'यस बीचमा शान्ति प्रक्रिया अगाडि बढ्न नसकेको समग्र पक्षबारे भोलि संसदमा सम्वोधन गर्नुहुनेछ ।'खनाल राजीनामा दिने घोषणापछि सकिएको केन्द्रीय कमिटी बैठकबाट सोझै सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि राष्ट्रपति रामवरण यादवलाई आइतबार साँझ नै राजीनामा बुझाउने उनका प्रेस सल्लाहकार सूर्य थापाले ईकान्तिपुरसित भने । बैठकमा प्रधानमन्त्री खनालले पूर्व प्रतिबद्धताअनुसार राजीनामा दिने घोषणा गरेका थिए । 'हिजै पनि 'स्टेटमेन्ट' जारी गरिसकेको छु,' प्रधानमन्त्रीले केन्द्रीय कमिटी बैठक समापनमा भनेका थिए, 'आजै राष्ट्रपतिलाई राजीनामा बुझाउँछु, भोलि संसदमा सम्वोधन गर्छु ।'पार्टी निर्णय नमानेको भन्दै खनाललाई राजीनामा दिन उनी अध्यक्ष रहेको एमाले शीर्ष नेताहरु माधवकुमार नेपाल र केपी शर्मा ओली समूहले चर्को दबाब दिएको थियो । अझ माओवादीले पुराना फिर्ता बोलाएर पठाएका नयाँ मन्त्रीको शपथ रोक्न गरेको निर्देशन नमानेको भन्दै उनीमाथि दबाब झन् थपिएको थियो । माओवादी दबाबमा मन्त्रीहरुलाई शपथ खुवाएलगत्तै प्रधानमन्त्री खनालले बालुवाटारमा पत्रकार सम्मेलन गरी साउन २८ गतेसम्ममा शान्ति प्रक्रियामा ठोस प्रगति नभए राजीनामा दिने घोषणा गरेका थिए ।
No comments:
Post a Comment