News

Aug 16, 2011

अमेरिकी राष्ट्रपति बाराक ओबामाको बस यात्रा शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी अर्थव्यवस्थामा तिब्रता दिन र रोजगारीको अवसर श्रृजना गर्ने उद्धेश्यले बस यात्रा शुरु गर्नुभएको छ । मिनेसोटाबाट शुरु भएको तिन दिने यात्रा इलिनायामा पुगेर टुंगिनेछ । पछिल्लो समय अमेरिकाको क्रेडिट रेटिङ घटेको र विश्व शेयर बजारमा देखिएको उतार चढाबकाबीच ओबामा बस यात्रामा निस्कनु भएको हो । यात्राका क्रममा ओबामाले जापानको सुनामी, युरोपको ऋण संकट र अरबको क्रान्ति जस्ता आफ्नो नियन्त्रण बाहिरका कारणले अमेरिकी अर्थतन्त्रले निकै चुनौतिको सामना गर्नु परेको बताउनुभयो । अमेरिकाको गिर्दो आर्थिक अवस्था पछि गरिएका विभिन्न सर्वेक्षणहरुले ओबामाको लोकप्रियता ४० प्रतिशत भन्दा तल झरेको देखाएको छ । अमेरिकामा बेरोजगारीको दर नौ प्रतिशत छ । ओबामाको बस यात्रालाई सन् २०१२ को राष्ट्रपति चुनावको प्रचारको रुपमा पनि हेरिएको छ । किनकी विपक्षी रिपब्लीकन पार्टीको राजनीतिक सन्देश विरुद्ध ओबामा पनि आफ्नो विचार जनतासमक्ष पुर्‍याउन चाहनु हुन्छ । ओबामाका विपक्षीहरुले अमेरिकी अर्थतन्त्र सुधारमा ढिलाई हुनुमा ओबामा माथि दोष लगाइरहेका छन् ।

No comments: