News

Aug 18, 2011

गाविस सचिवहरुको आन्दोलनले पाँचथरमा सेवाग्राही मारमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले आफूहरुमाथि तलब भत्ताको विषयमा विभेद गरेको विरोधमा गाविस सचिवहरुले थालेको आन्दोलनले जिल्लाका हजारौं सेवाग्राही मारमा परेका छन् । आन्दोलनका क्रममा सचिवहरुले जनसारोकारका सम्पूर्ण सेवा ठप्प पारेपछि सेवाग्राही मरमा परेका हुन् । जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, नारगिकता सिफासिर लगायत सामान्यदेखि अति आवस्यकिय सेवा सचिवले बन्द गरेका छन् । जिल्लाका ४१ गाविसका सचिवहरु सदरमुकाम फिदिममा केन्द्रित छन् । आन्दोलित सचिवले सेवा बन्द गर्दा दुरदराज गाविसदेखि सदरमुकाममा सेवा लिन आउने सेवाग्राही बढी मारमा परेका छन् । ‘एक दिन लाग्ने टाढादेखि गाविसको काम लिएर आइएको थियो । सचिवहरुको आन्दोलनको चपेटामा परियो’, लिम्बाका विरेन्द्र लावतीले पिडा पोख्नुभयो । मानो रोपेर मुरी उब्जाउने समयमा सयौं रुपैयाँ खर्चेर सचिव भेट्न सदरमुकाम आउने लावती जस्ता हजारौंले दोहोरो मार खेपेका छन् । सेवाग्राहीले विनासित्ती समय र खर्चको नोक्सानी भोग्नु परेको छ । सचिवहरुले गावसको काम काज ठप्प पार्दा जिल्लाका सरकारी गैर सरकारी कार्यालय समेत प्रभावित भएका छन् । गाविससंग सम्बन्धित भएर सञ्चालन गनुपर्ने ४१ सरकारी कार्यालयको काम काज ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालयमा मात्रै गाविस हुदै आउने सयौ सेवाग्राहीको घुइचो लाग्थ्यो । अहिले जिल्ला प्रशासन कार्यालय सुनसान रहेको छ । देशव्यापी रहेको सचिवहरुको आन्दोलन भदौ १ गतेसम्म जारी रहने सचिवहरुले बताएका छन् । सरकारले माग सम्बोधन नगरे थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनीहरुले बताएका छन् ।

No comments: