News

Aug 19, 2011

लगातार दोस्रो दिन नेपालमा भूकम्पको धक्का

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २- बझाङ जिल्लाको पूर्वी भागमा आज बिहान ७ बजेर ३७ मिनेट जाँदा ४.९ रिक्टर स्केलको भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु बझाङ जिल्लाको काँगरगोठ आसपास भएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ। यसअघि हिजो दिउँसो २ बजेर २० मिनेट जाँदा पनि लमजुङ जिल्लाको दुराडाँडा आसपास केन्द्र भएको ४ रिक्टर स्केलको भूकम्प गएको सो केन्द्रले जनाएको छ।

No comments: