News

Aug 17, 2011

एकै परिवारका चार जनाको हत्या गर्ने पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महेन्द्रनगर, श्रावण ३२ - कञ्चनपुरको भिमदत्त नगरपालिका- ९ मा आइतवार राति एकै परिवारका चार जनाको हत्याको घटनाका शंकास्पद अभियुक्त धर्मानन्द नाथलाइ मंगलवार सांझ प्रहरीले पक्राउ गरेकोछ । उनी घटना लगत्तै फरार भएका थिए । घटनास्थल मटेना नजिकै रहेको ब्रह्मदेव सिमा प्रहरी चौकीका सइ नरेन्द्र बहादुर चन्दको नेतृत्वको खोजी टोलीले नाथलाइ मंगलवार सांझ उनको घर नजिकै खोला तिर गइरहेको अवस्थामा पक्राउ गरेको हो । 'राती नै जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर पठाइएको हो' चन्दले बताए । जिल्ला प्रहरी कार्यालयमा प्रहरीले घटना बारे लिएको प्रारम्भिक बयानमा धर्मानन्दले आफूले आमा, हर्यादेवी, श्रीमति धना र दुइ नावालक छोरा/छोरी रवि र रेनुकाको हत्या गरेको स्वीकार गरेकाछन् । 'मेरो हात बाट ठूलो गल्ति भयो,२/३ बर्ष देखि एक्कासि तर्सने डराउने भएको थियो , त्यो दिन पनि यस्तै भयो', उस्ले (धर्मानन्द) प्रारम्भिक सोधपुछको क्रममा घटना बारे यस्तो जानकारी दिएको प्रहरी उपरीक्षक दिलिप चौधरीले बताए । घटना पछि आफु नजिकै भारत तिरको जंगल तिर बसेको र दोस्रो दिन घर र्फकन लाग्दा प्रहरीले पक्राउ गरेको धर्मानन्दले प्रहरीलाइ जानकारी दिएको उपरिक्षक चौधरीले बताए । घटनाको थप अनुसन्धान कारवाहीको प्रकृया शुरु भएको उनले जानकारी दिए । घटनाको लगत्तै प्रारम्भिक अनुसन्धानका लागि पुगेका प्रहरी टोलीलाइ छिमेकीहरुले धर्मानन्द मानसिक विरामी भएको जानकारी दिएका थिए ।

No comments: