News

Aug 14, 2011

लण्डनमा पक्राउ परेका ६ सयभन्दा बढी दोषी ठहर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लण्डनको एक अदालतले यसै साता विभिन्न स्थानमा भएका लुटपाट र दंगामा ६ सयभन्दा बढीलाई दोषी ठहर गर्दै कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको छ । इग्ल्याण्डको विभिन्न शहरमा भएको दंगा, लुटपाट, आगजनीमा संलग्नलाई कारवाही गर्न अदालतले आदेश दिएको छ । ब्रिटिस प्रधानमन्त्री डेविड क्यामरुनले घटनामा दोषी पाइएका सबैलाई कारवाही हुने प्रतिबद्धता ब्यक्त गरेका छन् । त्यस्तै, लण्डनका मेयर बोरिस जोन्सनले शहरबासीले दोषीमाथि कारवाही भएको देख्न चाहेको बताएका छन् । इङल्याण्डका विभिन्न ठाउँबाट दुई हजारभन्दा बढीलाई दंगा र लुटपाटमा संग्लग्न भएको अभियोगमा पक्राउ गरिएको छ ।

No comments: