News

Aug 1, 2009

बर्माका निर्वासित प्रजातान्त्रिक नेता नेपालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १७ - बर्माका निर्वासित प्रजातान्त्रिक नेता टिन्ट स्वे शनिबार नेपाल आउँदै छन् । उनी बर्माको स्वतन्त्रता आन्दोलनमा ऐक्यबद्धता जनाउन नेपालमा हुन लागेको 'विशेष अभियान' मा सरिक हुन यहाँ आउने भएका हुन् । उक्त अभियान सोलिडारिटी ग्रुप फर फ्रीडम अफ बर्मा (नेपाल), महेन्द्रनारायण निधि मेमोरियल फउन्डेसन र साउथ एसियन फोरम अफ पिपुल्स इनिसियटिभ्सले शनिबार र आइतबार काठमाडौंमा गर्दैछ ।अभियानमा भारतका जनता दल युनाइटेडका मुख्य महासचिव केसी त्यागी, महासचिव सुधीन्द्र भदौरिया, इनिसियटिभ्सका अध्यक्ष तथा जवाहरलाल नेहरू विश्वविद्यालयका प्रोफेसर आनन्दकुमार, भारतीय लोकसभाका सदस्य तथा इन्डो बर्मा संसदीय समितिका अध्यक्ष अम्बानी रोय, दक्षिण कोरियाको लिवरल फरवार्ड पार्टीका नेता किम हङअपसमेत सहभागी हुँदैछन् ।ग्रुपद्वारा जारी विज्ञप्तिअनुसार मानव अधिकार तथा परराष्ट्र समितिको पहलमा नेपालको संसदमा साउन १८ गते बर्माको स्वतन्त्रता आन्दोलनबारे विशेष छलफल हुने उल्लेख छ ।

No comments: